
काठमाडौं ।
राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ । सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको हो ।
विभागका अनुसार कार्यालय बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।