रेनेससँग पिएसजी स्तब्ध



पेरिस, (एजेन्सी) । फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) घरेलु मैदानमा स्तब्ध बनेको छ ।

पिएसजी घरेलु मैदानमा रेनेससँग २–० गोलअन्तरले स्तब्ध बनेको हो । पिएसजीलाई स्तब्ध पार्न रेनेसका कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइनगाले गोल गरेका थिए । पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको समयमा कार्ल टोको एकम्वीले गोल गरेपछि पिएसजी खेलमा पछि प¥यो । त्यसपछि ४८औं मिनेटमा एर्नाउड कालीमुइन्डो मुइनगाले गोल गर्दै पिएसजीलाई स्तब्ध पारे । पिएसजीले अग्रपङ्तिमा लियोनेल मेसी र केलियन एमबाप्पेलाई सुरुवातदेखि नै मैदानमा उतारेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

फ्रेन्च लिग वानमा पिएसजीको यो चौथो हार हो । पिएसजी सन् २०२१ को अप्रिलपछि घरेलु मैदानमा पराजित भएको हो । रेनेससँगको हारसँगै ३५ खेलपछि पिएसजीले घरेलु मैदानमा लिग वानको खेलमा पराजित भएको हो । यस हारका बावजुद पिएसजी २८ खेलबाट ६६ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पिएसजीलाई हराएको रेनेसको ५० अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्