रारा बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका तामाङ विजयी



मुगु।

मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको रारा बहुमुखी क्याम्पस मुगुको स्ववियु सभापतिमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका राज तामाङ विजयी भएका छन् । तामाङका मुख्य प्रतिस्पर्धी अनेरास्ववियुका बैदेवि बुढा र अनेरास्ववियु समाजवादीका कविराज शाहीलाई पराजित गर्दे नेविसंघका राज तामाङ रारा बहुमुखी क्याम्पसको सभापतिमा विजयी भएका हुन् ।

२ सय ६० मतदाता रहेको उक्त क्याम्पसका २ सय ७ जना मतदातादे मतदान गरेका थिए । विजयी तामाङले १ सय १७ मत प्राप्त गरी स्ववियु सभापतिमा विजयी भएको निर्वाचन मण्डलले जनाएको छ । अध्यक्ष पदको उम्मेदवारमा अनेरास्ववियुकी बैवैदेवी बुढाले ७२ मत ल्याएकी छन् भने अनेरास्ववियु समाजवादीका कविराज शाहीले १२ मत ल्याएका थिए ।

यस्तै कोषाध्यक्षमा नेविसंघकी रक्षा महताराले ९० मत पाउँदा अनेरास्ववियुकी बसन्ती रोकाया ९८ मत प्राप्तका साथ कोषाध्यक्षमा निर्वाचित भइन् । सचिवमा नेविसंघका असल विक निर्वाचित भएका थिए ।

सदस्यमा नेविसंघका पंचदेवी सेजुवाल र सपना रावल विजय भएको निर्वाचन अधिकृत लालकेशर रोकायाले जानकारी दिए । उनले  ९ मत वदर भएको पनि जानकारी दिए । समानुपातिकतर्फ अनेरास्ववियु ८३ , अनेरास्ववियु समाजवादि १३ , अनेरास्ववियु क्रान्तिकारी ८ र नेविसंघले ९४ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्