प्रचण्डलाई लिङ्देनको कटाक्ष : नयाँ गाडी चलाउन दिँदा छोडेर भाग्नुभयो



काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति व्यंग्य गर्दै पुरानो गाडी चलाउन ड्राइभर फर्किएपछि आफूले सत्ताबाट बाहिरिनुपरेको बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नयाँ गाडी दिँदा दिँदै पनि ड्राइभर पुरानो गाडीमा फर्किएपछि आफू बाध्य भएर सरकारबाट छुट्नुपरेको बताए। उनले प्रधानमन्त्री दाहालले धोका दिएपछि आफू सरकारबाट बाहिरिएको र यसमा इतिहासले मूल्यांकन गर्ने बताए।

अध्यक्ष लिङदेनले भने,‘हामीले त लाइसेन्स प्राप्त ड्राइभरलाई गाडी चलाउन दिएका थियौँ । तर उहाँ स्टार्ट गर्न नपाउँदै पुरानै गाडी चलाउँछु भनेर झर्नुभयो । त्यसपछि हामी सरकारमा बसिरहन सकेनौँ । समर्थन फिर्ता लियौँ । तर उहाँले धोका दिनुभयो । यो मुलुकमा नैतिकता पनि हुन्छ भनेर हामीले देखायौँ । प्रधानमन्त्री दिइरहेको गाडी छोडेर भाग्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्