भारतीय टोलीको सबैभन्दा खराब हार



काठमाडौं ।

भारतीय क्रिकेट टोलीले वानडे क्रिकेटको इतिहासमा सबैभन्दा खराब हार बेहोरेको छ । विशाखापटनमा भएको अस्ट्रेलियाविरुद्धको दोस्रो वानडेमा भारत १० विकेटले पराजित भएको हो ।

जबकी २ सय ३४ बल अझै खेल्न बाँकी नै थियो । यसले भारतलाई वानडे इतिहासमा सबैभन्दा खराब हार आत्मसात गरायो । यो भारतको छैटो पटक १० विकेटको हार थियो ।

भारतीय टोली मात्र १ सय १७ रन बनाएर अलआउट भएको थियो । जसमा विराट कोहलीले सर्वाधिक ३१ रन बनाए । जवाफमा अस्ट्रेलियाका ओपनर ट्रेभिस हेड ५१ रन र मिचेल मार्श ६६ रनमा नटआउट रहे ।

उनीहरुले ११ ओभरमा विना विकेट गुमाएर १ सय २१ रनको अटुट साझेदारी गरे । बलिङमा पनि मिचेलले ५ विकेट लिएका थिए । योसँगै तीन खेलको वानडे सिरिज १–१ ले बराबरी भएको छ । निर्णायक तथा तेस्रो खेल चेन्नाईमा बुधबार खेलिनेछ ।

प्रतिक्रिया दिनुहोस्