एमाले काभ्रेले गठन गर्‍यो पालिकामा सभा दल तथा समन्वय संयन्त्र

मिसन ग्रासरुट अभियान



काभ्रे  । 

नेकपा एमालेले शुरु गरेको मिसन ग्रासरुट अभियानका बारेमा आवधीक समिक्षाको तयारी गरेको छ । एमालेले स्थानीय तहसँग समन्वय गर्न पािलका स्तरमा पालिका सभा दल तथा पालिका स्तरको समन्वय संयन्त्र गठन गर्न शुरु गरेको छ ।

मिसन ग्रासरुट चलिरहेका पालिका, पालिकाका वडाहरु तथा वडाहरुमा भएका कार्यक्रम तथा जनवर्गिय संगठनका भेला, अधिबेशन, गोष्ठी अन्र्तक्रिया र छलफल कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका नेताहरु सक्रिय छन् ।

काभ्रे जिल्लामा रहेका १३ वटै पालिका कमिटीहरुको पालिका स्तरका बैठक सम्पन्न गरी सम्बन्धित पालिकाको वडाको मिसन ग्रासरुट अभियानका लागि जिल्ला कमिटीबाट वडाको जिम्मेवारी तोकिएका जिल्ला कमिटी सदस्यहरु, पालिका कमिटीको तर्फबाट सो वडाको लागि तोकिएका इन्चार्ज सहित वडा स्तरमा वडा कमिटीको बैठक आयोजना गरिएको एमाले काभ्रे अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिएका छन ।

१३ वटा पालिका अन्तरगतका १ सय ३५ वडा मध्ये ९५ वडामा वडा स्तरका बैठक आयोजना गरी टोल स्तरका बैठक, भेला, सदस्यता नबिकरण तथा नयाँ सदस्यता बितरण कार्यक्रमको योजना बनाईएको जिल्ला सचिव राजन भुर्तेलले जानकारी दिए ।

वडा स्तरका बैठकमा केन्द्रिय प्रतिनिधी, प्रदेश र जिल्ला तहका जिम्मेवारी तोकिएका नेताहरु सहभागि भईरहेका छन् । ९५ वटा वडा मध्ये ३ वटा वडामा अधिबेशन सम्पन्न भएका छन् । वाँकी ४० वटा वडाको बैठकको मिति तोकिएको छ ।

त्यस्तै २०७९ चैत्र ४ गते सम्ममा वडा कमिटीहरुले योजना अनुसार टोल स्तरिय बैठक, भेला तथा सदस्यता नबिकरण तथा बितरण गर्ने योजना बनाएको उप सचिव राजकुमार सापकोटाले जानकारी दिएका छन् ।

हाल सम्म ६ वटा पालिकाका ४७ वटा टोलमा भेला बैठक आयोजना गरी १ हजार ३ सय १५ जनाको सदस्यता नबिबरण भएको एमाले काभ्रेले जानकारी दिएको छ । यो अबधीमा बनेपा नगरपालिकाका तीन वटा टोलमा नयाँ कमिटी गठन गरिएको एमालेले बताएको छ ।

ग्रासरुट अभियान अन्र्तगत काभ्रे जिल्लाका पनौती, बनेपा, धुलिखेल, पाँचखाल, मण्डनदेउपुर र नमोबुद्ध गरी ६ वटै पालिकामा पालिका सभा दल तथा पालिका स्तरको समन्वय संयन्त्र गठन गरेको छ ।

भुम्लु, खानीखोला र रोशी गाँउपालिकामा पालिका सभादल गठन भएको छ भने चौरीदेउराली, तेमाल, महाभारत र बेथानचोकमा गठन भएको छैन । १३ पालिकाका ९५ वटा वडामा पार्टीको स्थानीय बिकास संचालन निर्देशिका बमोजिम बडा स्तरिय समन्वय संयन्त्र बनेका छन् ।

एक दशक भन्दा बढी समय सम्म हुन नसकेको राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिटीको जिल्ला अधिबेशन फाल्गुन २७, २०७९ मा सम्पन्न गरी ७५ सदस्यिय जिल्ला कमिटी गठन गरेको छ । चैत्र ४ गते शपथ ग्रहण तथा प्रथम पूर्ण बैठक आयोजना गरी युवा संघको काम अगाडि बढेको बताएको छ ।

पेशागत महासंघ काभ्रेले चैत्र ४ गते धुलिखेलमा जिल्ला अधिबेशन सम्पन्न गरेको छ । अनेरास्वबियु, राष्ट्रिय युवा संघ नेपाल, उत्पिडित जातिय मुक्ति समाज, अनेकि महासंघ र अनेम संघका जिल्ला कमिटीको बैठक बसि पालिका कमिटीको बैठक आयोजना गरेको छ ।

हालसम्म जनसंगठनहरुले बिशेषत अनेरास्वबियु, राष्ट्रिय युवा संघ, मुक्ति समाज, अनेकि महासंघ र अनेमसंघका पालिका स्तरका कमिटीका २७ वटा बैठक आयोजना गरी कार्ययोजना बनाउने काम सम्पन्न गरेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको ग्रासरुट अभियानका लागि २०७९ फागुन १४ गते जिल्ला अध्यक्ष अशोक ब्याञ्जुको अध्यक्षतामा धुलिखेलमा सम्पन्न भएको थियो ।

पार्टी केन्द्रीय कमिटीका उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश संगठन कमिटी इन्चार्ज काशीनाथ अधिकारी, पार्टी पोलिटब्युरो सदस्य तथा काभ्रे जिल्ला ईन्चार्ज गोकुल बाँस्कोटा, पार्टी पोलिटब्यूरो सदस्य रामेश्वर फुँयाल, पार्टी केन्द्रीय कमिटीका सदस्यहरु गणेश पहाडी, नारायण सिलवाल, यमबहादुर परियार, उषाकिरण तिमल्सिना, बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष केशब पाण्डे, उपाध्यक्ष रामहरी सुवेदी लगायत प्रदेश कमिटिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट (संगठन सुदृढीकरण र बिस्तार) अभियानका सम्बन्धमा र पार्र्टीको राजनैतिक तथा सांगठनिक जीवनमा महत्व राख्ने विभिन्न विषयहरुमा छलफल गरि केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको थियो ।

 

अभियानका क्रममा एमालेले रचनात्मक अभियान संचालन गरिरहेको छ । सार्वजनिक स्थलको सरफाई, ठिक समय एमाले समय, आफुले खाना खाएको थाल आफै माझ्ने तथा कार्यकर्ताहरुसँग जोडिएर उनिहरुका दुखसुख साटासाट गर्ने क्रमलाई तिब्र बनाएको छ ।

विकास निर्माणको अनुगमन तथा असहज परिस्थितीका बारेमा जानकारी लिदै आगामी दिनमा सत्ताको नेतृत्वमा पुग्दा विनियोजन गर्नु पर्ने बजेट र योजनाका बारेमा समेत कार्यकर्ता र स्थानीयहरुसँग समन्वय गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्