नर्सिङ लाइसेन्स परीक्षाको नतिजा कमजोर



काठमाडौँ। 

भर्खर पढ्दै गरेका विद्यार्थीले परीक्षा दिनु र पटक पटक परीक्षा दिनेबाट आउने नतिजा कमजोर हुन्छ भन्ने शनिवार लिइएको नर्सिङ लाइसेन्स परिक्षालने प्रमाणित गर्छ ।

नेपाल नर्सिङ परिषद्ले नर्सिङ विषय अध्ययन पुरा गरी लाइसेन्स लिनुपर्ने प्रावधान पुरा गर्न लिएको नर्सिङ लाइसेन्स परीक्षामा सहभागी हुने परीक्षार्थी पटक पटक लाइसेन्स परीक्षामा अनुत्तीर्ण भएका सहभागी हुँदा नतिजा आउँदा थोरै संख्यामा मात्र पास भएका छन् ।

परिषद्ले शनिवार लिएको परीक्षामा प्रविणताप्रमाणपत्र तह (पीसीएल) नर्सिङ तर्फको परीक्षामा जम्मा ८ सय ३४ जना सहभागी भएकोमा २६ दशमल्भ १ प्रतिशत मात्रै पास हुनुले अध्ययन सँगसँगै परीक्षा दिने र पछि दिनेमा ठूलो अन्तर आएको परिषद्को ठम्याइछ ।

सोही दिनको परीक्षामा बीएस्सी नर्सिङ तर्फ ३ सय ७७ जना सहभागी भएकोमा झण्डै ४२ प्रतिशत पास भएका छन् । नर्सिङ अध्ययन गर्नेहरुको नयाँ परीक्षा भैनसकेका कारण पहिले पहिले नर्सिङ लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थी यस पटक पनि परीक्षामा सहभागी भएका कारण नतिजा कम आएको परिषद्ले जनाएको छ ।

काउन्सिलको यो पीसीएल तर्फ ३२ औँ र बीएस्सी तर्फ दोस्रो लाइसेन्स परीक्षा हो । नेपालमा हाल सम्म नर्सिङ लाइसेन्स लिने स्पेसलिष्ट १ हजार ३ सय २६ जना, नर्सहरु ७३ हजार ८ सय ८९ जना, मिडवाईफ ५१ जना, एएनएम ३७ हजार १ सय ८३ जना र विदेशी नर्सहरु ८ सय ४८ जना रहेको नर्सिङ परिषद्को रेकर्डमा उल्लेख गरिएको छ । यस मध्ये यही मार्च १९ सम्म नवीकरण गर्नेहरुमा पिसिएल नर्स तर्फ २५ हजार ५ जना र एएनएम तर्फ १२ हजार ५ सय २४ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्