
बुटवल ।
बुटवल बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचनको लागि तोकिएको समयतालिका अनुसार अनेरास्ववियूले निर्वाचनको आचार संहिता उल्लङ्घन गरेकोमा आत्मालोचना गरेको छ ।
त्यस्तै निर्वाचन समितिले समेत अनेरास्ववियूलाई सजग बनाएको छ । आज क्याम्पसमा भएको ६ विद्यार्थीसंगठनका नेताहरुकोे बैठकले आचार संहिता उल्लङ्घन गर्नेलाई आत्मालोचना गराएको हो ।
आगामी दिनमा कोही कसैले पनि आचारसंहिता विरुद्धका गती विधी हुन नदिने विद्यार्थी सङ्गठनका नेताले प्रतिबद्धता जनाएका छन् ।
बैठकले केन्द्रीय अनुगमनसमितिवाट प्राप्त पत्रलाई छलफलमा ल्याई सोही अनुसार आचारसंहिता पालना गर्ने, मतगणनामा एक पटकमा १ जना मात्र बस्न पाउने,र सो व्यक्ति क्याम्पसको परिचयपत्रधारी विद्यार्थी हुनु पर्ने निर्णय गरेको छ ।
निर्वाचनमा फरक परिचयपत्रमा आएको पाइएमा तत्काल कानुनी कारबाही गर्ने क्याम्पसमा भर्ना भएको व्यक्ति भएको खण्डमा क्याम्पसबाट निष्कासन गर्ने निर्णय भएको विद्यार्थी नेताहरूले हस्ताक्षर गरी जारी निर्णयमा उल्लेख गरिएको छ ।
आइतबार पूर्वघोषित समय तालिकामा बुटवल बहुमुखी क्याम्पसको निर्वाचन गर्न विद्यार्थी संगठन बीच सहमति भएको छ ।