एपीएफको दोस्रो जित



काठमाडौं । नेपाल एपीएफ क्लबले जारी शहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हासिल गरेको छ । बुधबार च्यासल मैदानमा विभागीय डर्बी खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई १–० ले हरायो ।

एपीएफलाई जित दिलाउन मणिकुमार लामाले निर्णायक गोल गरे । उनले खेलको ३७ औं मिनेटमा गोल गरेका थिए । यो जितसँगै एपीएफको चार खेलमा ७ अंक भएको छ । पराजित भएको आर्मीको ५ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्