जेठ १९ मा आउने भयो नीरफूल



कोरोना महामारीको कारण तीन वर्षअघि रिलिज रोकिएको फिल्म नीरफूल आगामी जेठ १९ रिलिज हुने भएको छ।

भूकम्पका कारण विछोडिएका एक परिवारका सदस्यले पुनर्मिलनको लागि गरेको प्रयत्नमा आधारित फिल्म पत्रकार तथा नेपाल टेलिभिनजका महाप्रबन्धक फूलमान बलले निर्देशन गरेका छन्। रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतले अभिनय गरेका छन् भने म्यानमारका तत्कालीन राजदूत ऊ लिउन उ र अभिनेत्री रेखा थापा विशेष भूमिकामा छन्। भूकम्पपछिको भौतिक पुनर्निमाणतिर त सबैको ध्यानको गयो, तर भत्किएका मन र भत्किएका सम्बन्धको पुनर्निमाणतिर कसैको ध्यान गएन। नीरफूलले तिनै भत्किएका मन र सम्बन्धको पुनर्निमाणको कथा भन्छु निर्देशक बलको भनाइ छ।

सहकार्यमा फिल्म निर्माणको मोडल अपनाइएको फिल्म फ्रेन्ड्स अफ नेपाल म्यानमार फ्रेन्डसिप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको हो। कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर तथा नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, अजितमान तामाङ, गणेश थापा, अशोक थापा, विके श्रेष्ठलगायतले निर्माण गरेको फिल्ममा दुबईका डोमा सोनाम कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्