सेयर बजार २६.८० अंकले ओरालाे



काठमाडौं ।

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालाे लागेकाे छ । आज नेप्से सूचक २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा आएर रोकिएको छ ।

१ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्सम ५.५५ अकले घटेर ३७३.९५ बिन्दुमा आएको छ । ४७ लाख ७२  हजार १४० कित्ता  सेयर किनबेच भएको छ ।  शिभम पावर लिमिटेड करिब १०  प्रतिशतले वृद्धि भएको छ । यस कम्पनीहरूले सर्वाधिक कमाएको छ ।

यता,  शिभम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यसको ८ करोड २१ लाख भन्दामाथिको कारोबार भएको छ ।यता हिमालय डिस्टिलरीको ५ करोड ७५ लाखबढीको कारोबार भएको छ । बिहीबार सबै उपसूचकहरूमा राताम्मै भएको छ ।

प्रतिक्रिया दिनुहोस्