ट्रेलरमा प्रेमा



आगामी चैत १७ गते रिलिज हुने फिल्म प्रेमाको टझेलर सार्वजनिक भएको छ।

निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मको टझेलरमा फिल्मका प्रमुख तीन पात्र अरुण क्षेत्री, शुभेक्षा खड्का र सृष्टि श्रेष्ठलाई प्रस्तुत गरिएको छ। बाघठाटा फिल्म प्mयाक्टझीको ब्यानरमा विवेक घिमिरे र गोविन्द सिंह भण्डारीले निर्माण गरेको फिल्मको टझेलरका दृश्यले काल्पनिक काठमाडौंको कथालाई चित्रण गर्न खोजेको छ। टझेलरमा प्रमुख तीन पात्रबीचको प्रेम र द्वन्द्व प्रष्ट रुपमा देखाइएको छ।

काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याध्रबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) लगायतले अभिनय गरेका छन्। सामर्थविक्रम थापा कार्यकारी निर्माता रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सविन एकतारे र अनिल शर्माको गीत, महेश पौडेलको डीओपी र कृष्ण भण्डारीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्