मानव र सुरक्षाले गरे इन्गेजमेन्ट आज विवाह



अभिनेता मानव सुवेदी र अभिनेत्री सुरक्षा पन्तबीच बुधबार इन्गेजमेन्ट भएको छ।

सुवेदी र पन्तले आपूmहरुबीच केही वर्षदेखिको गुपचुप प्रेम सम्बन्धलाई गन्तव्य दिने क्रममा बुधबार इन्गेजमेन्ट गरेका हुन्। आजबाट नयाँ अध्याय शुरु हुँदैछ। हामी धेरै खुसी छौँ। आशिर्वाद दिनुहोला, सुरक्षाले फेसबुकमा इन्गेजमेन्टको तस्वीर सेयर गर्दै लेखेकी छन्।

तस्वीरमा दुवैले टीका र फूलमाला लगाउँदै इन्गेजमेन्ट रिङ पहिरेका छन्। प्राप्त जानकारीअनुसार सुवेदी र पन्तबीच आज बिहीबार चितवनको सौराहामा विवाह हुँदैछ।

प्रतिक्रिया दिनुहोस्