सुरक्षा कारबाहीमा छ जनाको मृत्यु



जेनिन, एजेन्सी  । 

खोजीको सूचीमा रहेका एक जना लडाकूसहित छ जना प्यालेष्टिनी इजरायली सेनाको कारबाहीमा मारिएका छन् । मारिएको लडाकूले केही समयअघि दुई जना इजरायली नागरिकको हत्या गरेको आरोप लागेको थियो । त्यसयता इजरायली सेना र प्यालेष्टिनी लडाकाबीच घातक आक्रमण जारी छन् ।

प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार मारिएका सबै पुरुष हुन् । ती मध्ये पाँच जना २० र एक जना ४९ वर्षका हुन् । प्यालेष्टिनी पक्षले जेनिन शरणार्थी शिविरमा आक्रमण भएको बताएको छ । शिविरमा प्रवेश गरेर एउटा घरलाई इजरायली फौजले घेरेको थियो । दुवै पक्षबीच भीषण गोली हानाहान भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आतङ्वादी समूह जेनिन ब्रिगेडले आफ्नो समूहमा आबद्ध सदस्यले बहादुरीका साथ इजरायली सेनाको प्रतिकार गरेका जनाएको छ । दोहोरो झडपका क्रममा २६ जना प्यालेष्टिनी घाइते भएका छन् । सन् १९६७ मा छ दिनको युद्धपछि इजरायलले कब्जा गरेको प्यालेष्टिनी क्षेत्रमा छिटपुट हिंसाका घटना भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्