
रसुवा।
रसुवाको कालिका गाउँपालिका स्थित कालिका स्थानमा रहेको कालिका हिमालय क्याम्पसमा नारी दिवसको उपलक्ष्यमा दोहरी प्रतियोगिता हुने भएको छ।
रेडियो लाङटाङकाे आयाेजनामा हुन लागेकाे उक्त प्रतियाेगिता आजकाे आवश्यकता छोरी बुहारीलाई अनिवार्य उच्च शिक्षा , भन्ने शीर्षकमा भोलि (बुधवार) गर्न लागिएको हो ।
दोहोरी गीतको प्रतियोगिता मार्फत किशोरीहरू उच्च शिक्षा तर्फ निकै कम रहेका कारण छोरी र बुहारीलाई उच्च शिक्षा अध्ययन जागरण गर्ने उद्देश्य रहेको र प्रतियोगिता मात्र नभई समाज रूपान्तरणका लागि सिर्जनात्मक क्षमता र मौलिक कलाको विकास गर्नु मुख्य उद्देश्य भएको बताइएको ।
आमा समूह,महिला समूह,महिला सहकारी, महिला स्वास्थ्य स्वयंसेविका, महिलाको क्षेत्रमा कार्य गर्ने संघ र संस्था तथा सम्पूर्ण महिला दिदिवहिनीहरुलाई सक्रिय उपस्थिति भई दिवस सभ्य र भव्य रुपमा मनाउने कार्यक्रम रहेको हुँदा आफ्नो प्रतिभा देखाउन आयोजकले आग्रह गरेको छ ।
प्रत्येक समूह ३ ,३ जनाको र मौलिक संस्कृति सहितको पोशाकलाई प्राथमिकता दिइने र गीतमा मौलिक कला संस्कृति झल्किएको हुनुपर्ने जनाइएको छ ।
प्रतियोगितामा प्रथम हुने समूहलाई १५ हजार रुपैयाँ, द्वितीयलाई १० हजार, तृतीयलाई ५ हजार रुपैंया पुरस्कार दिइने रेडिया लाङटाङका सचिव गीता न्यौपाने ले जानकारी दिनु भयो।