मेसो मिलाएर राज र शारदाको रोमान्स



अभिनेता राज कटुवाल र शारदा क्षेत्रीको रामोन्टिक अभिनय र नृत्यका साथ एक रोमान्टिक गीत मेसो मिलाएरको भिडियो सार्वजनिक भएको छ।

गायक गायिका निशान भद्मराई र अस्मिता अधिकारीद्वारा स्वरबद्ध रोमान्टिक गीतमा राज र शारदाको रोमान्टिक भिडियो आएको हो। गीतमा अभिभावकको आँखा छलेर प्रेममा रमाइरहेको प्रेमजोडीको कथा बुनिएको छ।

जसमा राज र शारदा प्रेमी र प्रेमिका बनेर अभिभावकको आँखा छलेर हरपल मेसो मिलाएर भेट गर्न चाहन्छन् र भेटिरहन्छन्। सरल ढंगले प्रस्तुत गरिएको गीतको भिडियो आकर्षक बनेको छ।

गीतको भिडियोमा राज र शारदाका साथ वेगबहादुर क्षत्री, सुन्दर कार्की र दीपा थापा कार्कीले अभिनय गरेका छन्। माइकल चन्दले निर्देशन गरेको भिडियोमा माइकल स्टेपअप एन्ड आर्ट एकेडेमीको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र शिलन लम्सालको सम्पादन रहेको छ।

गीतमा दिग्गज द्यौरालीको गीत रचना, उदयराज पौडेलेको संगीत संयोजन र अर्जुन पोखरेलको संगीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्