विशेष कार्यक्रमका साथ स्वास्थ्य सेवा दिवस मनाइँदै



काठमाडौँ

सोमबार नेपालमा विशेष कार्यक्रमका साथ स्वास्थ्य सेवा दिवस मनाइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय सभागृहमा विविध कार्याक्रको आयोजना गरी स्वास्थ्य सेवा दिवस २०७९ को मुख्य कार्यक्रम गर्दै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी प्रमुख अतिथि रहने कार्यक्रममा काठमाडौँ उपत्यका केन्द्रित सरकारी अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अनिवार्य उपस्थिति हुन अनुरोध सहित पत्राचार गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दिवस मनाउन सबैलाई अनिवार्य उपस्थिति हुन काटिएको पत्रका विषयमा भने केही प्रश्न उठेका छन् । सबै स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यक्रममा अनिवार्य उपस्थित भए भने अस्पतालको आकस्मिक सेवा के हुने ? पत्र काट्ने विषयमा शब्द चयन फरक परेको विषयमा स्वास्थ्य मन्त्रालयले स्विकार्दै सम्भव भए सम्मका सबै भन्न खोजिएको जनाएको छ ।

मन्त्रालयको वेब साइटमा राखेको यो पत्रमा विभाग र अस्पताल गरी २० वटा निकायहरुलाई पठाइएको देखिन्छ । मन्त्रालयले वीर अस्पताल, कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, मानसिक अस्पताल पाटन लगायतका अस्पतालबाट अनिवार्य रुपमा सम्पूर्ण कर्मचारीहरु उपस्थिति हुन पत्राचार गरेको छ ।

दिवस, बिरामी, सेवा र जिम्मेवार निकायको महत्वलाई ध्यानमा राखी सम्भव हुने जुट्ने र जुटन नसक्नेलाई दिवसका अवसरमा सरकारले के कस्ता नीति सार्वजनिक गर्‍यो, सेवा, सुविधा प्रदान गर्‍यो वा पुरस्कृत तथा सम्मानित गर्‍यो त्यसबारेमा मुक्तकण्ठले सम्बोधन गरी कामको मूल्याङ्कन गर्न सक्नुपर्छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्