श्रीमतीको हत्या आराेपमा श्रीमान पक्राउ



उदयपुर ।

आफ्नै श्रीमती २० वर्षीया युनिशा खत्री पौडेलको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बेलका नगरपालिका-९ भचुवा बस्ने २७ वर्षीय बिनोद पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका-६ स्थित जाल्पा वाबुङ्ला रमिते सामुदायिक बनमासँगै घास काट्न गएको अवस्थामा खुकुरी प्रहार गरी आफैले श्रीमतीको हत्या गरेको जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्