रणवीर र आलियालाई दादा साहेब फाल्के अवार्ड



बलिउड फिल्म जगतको प्रसिद्ध दादा साहेब फाल्के अवार्डको ५४औं संस्करण सोमबार साँझ मुम्बईमा सम्पन्न भएको छ।

समारोहमा द कश्मीर फाइल्सलाई सर्वोत्कृष्ट फिल्म र अनुपम खेरलाई बहु प्रतिभाशाली अभिनेता तथा आरआरआरलाई वर्षको फिल्मको अवार्ड प्रदान गरिएको छ।

समारोहमा अभिनेत्री रेखालाई फिल्म क्षेत्र तथा गायक हरिहरलाई संगीत क्षेत्रमा पुर्याएको योेगदानका लागि सम्मान गरिएको थियो। फिल्म चुपबाट आर बाल्कीले निर्देशक, ब्रह्माष्त्रबाट रणवीर कपुरले अभिनेता र गंगुबाई काठियावाडीबाट आलिया भद्मले अभिनेत्रीको अवार्ड चुमेको समारोहमा जुगजुग जिएबाट मनीष पलले सह–अभिनेता, जर्सीको माईमा मेनू बोलको गीतबाट सांचेत टंडनले गायक र गांगुबाई काठियावाडीको मेरी जानबाट नीति मोहनले गायिकाको अवार्ड चमिन्। क्रिटिक्सतर्फ भने भेडियाबाट वरुण धवनले अभिनेता र जलसाबाट विद्या बालनले अभिनेत्रीको अवार्ड चुमिन्।

टेलिभिजन सिरिजतर्फ अनुपमा सर्वोत्कृष्ट बन्यो भने फनाबाट जेम इमाम टेलिभिजन अभिनेता र नागिनबाट तेजस्वी प्रकाशले टेलिभिजन अभिनेत्री, ऋषभ शेद्मीले मोस्ट प्रमिसिङ अभिनेता, विक्रम वेधाबाट पीएस विनोदले छायांकारको अवार्ड चुम्दा रुद्र सर्वोत्कृष्ट वेब सिरिज बन्यो।

भारतीय सिनेमाका पिता मानिने ढुण्डिराज गोविन्द फाल्केको नामबाट अवार्डको नामाकरण गरिएको हो। जसले १९१३ मा भारतको पहिलो पूर्ण लम्बाइको राजा सत्य हरिशचन्द्र नामक फिल्म निर्देशन गरेका थिए।

यस पुरस्करका विजेतालाई टझफीको साथमा दश लाख भारतीय रुपियाँ प्रदान गरिन्छ।

प्रतिक्रिया दिनुहोस्