सकियो नेपथ्यको अस्ट्रेलियामा टुर



गत शुक्रबार बेलुकी एन्टार्टिका महादेशबाट नजिकै पर्ने अस्ट्रेलियाली टापु तास्मानियामा अन्तिम प्रस्तुति दिएसँगै यो वर्षको नेपथ्य अस्टझेलिया श्रृंखलाबद्ध यात्रा समापन भएको छ।

दर्शकले भरिभराउ होबार्ट सहरको एक सय ७ वर्ष पुरानो सभागृह ओडियन थिएटरमा कन्सर्ट गर्दै नेपथ्यले अस्टझेलिया कन्सर्ट समापन गरेको हो। कार्यक्रममा अन्यत्रजस्तै ब्यान्डको स्थापनाकै पहिलो गीत आँगनैभरि हिउँ नै झरेबाट नेपथ्य मञ्चमा गुञ्जिएको थियो। यति महङ्कवको स्थानमा यहाँ बोलिने दोस्रो भाषा नेपाली रहेको थाहा पाएर असाध्यै गौरव महशुस भएको छ । ब्यान्डका गायक एवं अगुवा अमृत गुरुङले त्यहाँका दर्शकसँग संवाद गर्दै भनेका थिए, भाषा रहे मात्र हाम्रो पहिचान रहने भएकाले यो भाषालाई आउने सन्ततिसम्मै जोगाएर विस्तार गरौं है।

दोश्रो प्रस्तुतिका परुपमा छेक्यो छेक्यो र त्यसपछि क्रमशः भेडाको ऊनजस्तो, लामपाते सुरती हुँदै तातिएको कन्सर्ट अवधिभर नेपथ्यले पुराना र नयाँ गीत प्रस्तुत गरेको थियो। स्थानीय रेडियो होबार्टकी कार्यक्रम सञ्चालिका एलिजा पंगेनीले पहिलोपटक नेपथ्यको कन्सर्ट हेरेको र यो अनुभव नै गज्जबको भएको प्रतिक्रिया दिइन्।

एकातिर गीत संगीतले मञ्चका कलाकार र दर्शक यसरी एकाकार भएको देख्दा आश्चर्य लाग्दै थियो भने अर्कोतिर ब्यान्डले फैलाइरहेको मानवताको सन्देश असाध्यै प्रभावकारी लाग्यो। सायद त्यसैले गर्दा पनि अलिक महँगो टिकट काटेर भए पनि यति धेरै दर्शक नेपथ्यलाई हेर्न आएका रहेछन् भन्ने बुझ्न सजिलो भयो उनको प्रतिक्रिया थियो।

अस्टझेलियाका सबै शहरमा गायक अमृत गुरुङलाई डझमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए। नेपथ्यले डार्बिन, एडिलेड, ब्रिसबेन, क्यानबेरा, पर्थ, सिड्नी र मेलबर्नमा सफलताका साथ कन्सर्ट गरेको हो। दर्शक संख्यामा सदैव वृद्धि देखिँदै आएको सिड्नीमा यसपाली पाँच हजारभन्दा बढी दर्शकले साथ दिए।

प्रतिक्रिया दिनुहोस्