बाफ्टामा जर्मन फिल्मलाई ७ अवार्ड



अन्तर्राष्टिझय कला क्षेत्रको महत्वपूर्ण अवार्डमध्येको एक ब्रिटिस फिल्म अवार्ड (बाफ्टा) को ७६औं सस्करण सोमबार लन्डनमा सम्पन्न भएको छ। समारोहमा फिल्म जर्मन फिल्म अल क्वाइट अन द वेस्टर्न फ्रन्टले सात विधामा अवार्ड चुमेको छ।

विश्वयुद्धको कथामा आधारित फिल्मले सर्वोत्कृष्ट फिल्म, अंग्रेजी फिल्म निर्देशन, छायांकन, ओरिजलन स्कोर र ध्वनि गरी सात विधामा अवार्ड चुमेर गैरअंग्रेजी फिल्म विधामा कीर्तिमान रचेको छ। यसभन्दा अघि सन् १९८८ मा रिलिज भएको गैर अंग्रेजी फिल्म पाराडिस्कोले पाँच विधामा अवार्ड चुमेको थियो।

समारोहमा द बासिन अफ इनिसिरिनले सर्वोत्कृष्ट फिल्म तथा मौलिक पटकथाको अवार्ड चुम्दा ब्यारी केओघनले सह–अभिनेता र केर्री कोन्डोनले सह अभिनेत्रीको अवार्ड चुमिन्। फिल्म एल्भिसबाट अस्टिन बटलरले अभिनेता, कास्टिङ, कस्ट्युम डिजाइन र श्रृंगारको अवार्ड चुम्दा टारबाट केट ब्ल्याचेटले अभिनेत्री, आफ्टर सनबाट लेखक तथा निर्देशक चार्लोट वेल्सले नव निर्देशक, निर्माता र लेखक, नभल्नीले डकुमेन्टझी, गुइलेर्मो डेल टोरोज पिनोचियोले एनिमेटेड फिल्म, द ब्वाई, द मोल, द फक्स एन्ड द हर्सले ब्रिटिस सर्ट एनिमेसन, एन इरिस गुडब्वाईले ब्रिटिस शर्ट फिल्म, अवतार द वे अफटवारले भिजुअल इफेक्ट, बेबीलोनले प्रोडक्सन डिजाइन र एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्सले सम्पादनको अवार्ड चुमेको छ।

प्रतिक्रिया दिनुहोस्