प्रदेश–१ को प्रदेशसभा बैठक बस्दै



विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक बस्ने बस्ने भएको छ । बैठक आज (बुधबार) बिहान ११ बजे बस्ने उक्त प्रदेशसभाले जनाएको छ ।
अर्को सूचना जारी नभएसम्मका लागि गत माघ २४ मा स्थगित भएको प्रदेशसभाको बैठक आज बस्न लागेको हो ।

प्रदेश सभा सचिवालयले जारी गरेको सूचनाअनुसार बिहान ११ बजे बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ स्वीकृत गर्ने एजेण्डा रहेको छ । गत माघ २४ गते प्रदेश प्रमुखले सम्बोधन गरेसँगै बैठक स्थगित रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्