ज्याकलिनलाई अदालतबाटै सुकेशको प्रेम सन्देश



बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज करिब एक वर्षदेखि भारतीय मुद्रा अपचलनको आरोपी सुकेश चन्द्रसेखको मुद्दामा जोडिइरहेकी छन्।

उक्त मद्दाका बारे ज्याकलिनले आफूलाई सुकेशले धोका दिएको र फसाएको बयान दिँदै आइरहेकी छन्। तर, मंगलबार परेको प्रेम दिवसको अवसरमा सुकेशले भने ज्याकलिनलाई अदालतबाटै प्रेम दिवसको शुभकामना पठाएका छन्।

हाल दिल्लीस्थित जेलमा रहेको उनी मंगलबार अदालतमा पेशीका लागि उपस्थित भएका थिए। सोही बेला मिडियासामु कुराकानी गर्ने क्रममा सुकेशले ज्याकलिनलाई शुभकामना दिन भ्याएका हुन्।

ज्याकलिनले सुकेशलाई लगाएको आरोपप्रति सञ्चारकर्मीको प्रश्नमा उनले मेरो तर्फबाट ज्याकलिनलाई भ्यालेन्टाइनडेको विस गरिदिनु भन्ने जवाफ दिएका छन्। साथै, उनले ज्याकलिनबारे आफूले केही पनि भन्न नचाहेको र ज्याकलिनले आफूमाथि आरोप लगाउनको कारण रहेको बताए।

केहि समयअघि ज्याकनिले भने आफूलाई सुकेशले फसाएको तथा आफ्नो भावनाका साथ खेलवाड गरेर आफ्नो करिअर बर्बाद पारेको आरोप लगाएकी थिइन्। सुकेशबाट महँगा उपाहार र रकम लिएको पुष्टि भएपछि ज्याकलिन लगातार अदालत धाइरहनुपरेको छ। ज्याकलिनलाई भारतको उच्च अदालतले विदेश भ्रमणमा समेत रोक लगाएको छ।

प्रतिक्रिया दिनुहोस्