पाल्पाली संगममा खत्री



काठमाडौं ।

पाल्पाबाट काठमाडौं आएर बसोबास गर्दै आएका पाल्पालीको साझा संस्था पाल्पाली संगम काठमाडौंको राजधानीमा सम्पन्न अधिवेशनले निवर्तमान महासचिव विष्णु बहादुर खत्रीको अध्यक्षतामा २३ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गरेको छ।

संगमको उपाध्यक्षमा केशव आचार्य, यम झेंडी र पाण्डप खत्री, महासचिवमा जीवन भण्डारी, सचिवमा सिता विष्ट कार्की, बालकृष्ण पोखरेल, गोपाल राना र लक्ष्मीप्रसाद शर्मा तथा कोषाध्यक्षमा संजय भट्टराई निर्विरोध निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यमा मञ्जु ढकाल आचार्य, पुरुषोत्तममान कर्माचार्य, मिन प्रसाद बस्याल, जगदीश नेपाल, विमला बस्याल, विश्वहरी नेपाल, डिआर पोखरेल, विमल पन्त, ओमकुमारी थापा झेंडी, भोजराज पाण्डे, विष्णुप्रसाद पाण्डे, श्रीधर अर्याल र सुरेन्द्रकुमार बस्याल निर्वाचित भएका छन्।

मन्त्रीपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधिश खिलराज रेग्मीले अधिवेशनको शुभारम्भ गर्दै पाल्पाको विकासका लागि बौद्धिक समूहको रुपमा संगमले काम गर्दै आएको र आगामी दिनमा पनि थप योगदान दिनेमा विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्