प्रदेश स्तरीय प्रदर्शनीमा लोकदोहोरी र लोकनृत्य प्रतियोगिता हुने



घोराही।

यही फागुन ३ गतेदेखि १३ गतेसम्म घोराहीमा हुने ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९’ मा विभिन्न प्रतियोगीताहरु हुने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा हुने महोत्सवमा जिल्ला स्तरीय लोकदोहोरी गीत प्रतियोगिता र विद्यालय तथा संघसंस्था स्तरीय लोक नृत्य प्रतियोगिता हुने आयोजक मूल समितिले जानकारी दिएको छ ।

‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको सम्वृद्धिको आधार’ र ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ भन्ने मूल नाराका साथ घोराही १४ झिँगौरामा हुने महोत्सवमा हरेक दिन जिल्ला स्तरीय लोक दोहोरी गीत प्रतियोगिता र विद्यालय तथा संघसंस्था स्तरीय लोक नृत्य प्रतियोगीताहरु हुने महोत्सव आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम दृतिय र तृतीय हुने टिमलाई नगद सहित शिल्ड र मेडल प्रदान गरिने छ । जसमा लोकदोहोरी गीत प्रतियोगिता तर्फ प्रथमलाई ४० हजार ५ सय ५५, दृतियलाई ३० हजार १ सय ५५ र तृतीय हुनेलाई २० हजार १ सय ५५ रुपौया नगद सहित शिल्ड र मेडल प्रदान गरिने छ । यस्तै लोक नृत्य प्रतियोगितातर्फ प्रथम हुनेलाई १० हजार १ सय ५५, दृतिय हुनेलाई ६ हजार १ सय ५५ र तृतीय हुनेलाई ३ हजार १ सय ५५ रुपैयाँ नगद सहित शिलड र मेडल प्रदान गरिने सांस्कृतिक उपसमितिका संयोजक सुरज बुढाथोकीले जानकारी दिनुभयो ।

स्थानीय एवं राष्ट्रिय स्तरमा लघु तथा घरेलु उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिचान गराई कृषि तथा उद्योगहरुमा प्रयोग हुने आधुनिक प्रविधिहरूको जानकारी सहित आन्तरिक एवं बाह्य पवर्धनमा टेवापुर्‍याउने, महिला उद्यमशीलता तथा लघु घरेलु उद्योगबाट उत्पादित बस्तुहरूको उचित गुणस्तरको पहिचान गराई आम जनमासहरु र नागरिकहरुमा स्वदेशी उत्पादनको प्रयोग गर्न प्रोत्साहन गर्ने, पेशागत सम्मानको वातावरण सृजना गराई लघु तथा घरेलु उद्योगका मार्फत बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन प्रोत्साहन गर्ने, प्रदेशको मौलिक कला संस्कृति सभ्यता र यहाँका मनमोहक प्राकृतिक सभ्यताहरुलाई राष्ट्रिय रुपमा चिनाउने र कृषिको आधुनिकरणको लागी कृषि प्रविधिहरूको प्रदर्शनी गर्ने लगायतकासाथ उद्धेश्यकासाथ महोत्सवको आयोजना गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्