चार एसएसपी डीआईजीमा बढुवा सिफारिस



काठमाडौं ।

 नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस सिफारिस भएका छन्।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो। डीआईजी बढुवा हुनेमा सुरेश कुमार श्रेष्ठ, अन्जनी कुमार पोख्रेल, दीपेन्द्र शाह र पूरुषोत्तम थापा सिफारिस भएका छन्।

पोख्रेल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा र थापा सशस्त्र प्रहरी प्रवक्ता हुन्। बढुवा सिफारिस उपर चित्त नबुझेमा ७ दिन भित्रमा उजुरी गर्न सकिने भनिएको छ।

प्रतिक्रिया दिनुहोस्