सिंहदरबारमा २४ घण्टा मेलम्चीको पानी, कहाँ कहाँ आउँछ २४ सै घण्टा?



काठमाडौं ।

सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिएकाे छ । प्रतिसेकेन्ड ४० लिटर पानी सहज रूपमा चौबिसै घण्टा सिंहदरबार पठाउन सक्ने संरचना निर्माण गरिएको हो । बुधवार पानी वितरण कार्यको परीक्षण सफल रूपमा सम्पन्न भएपछि आजदेखि २४ घण्टा मेलम्चीको पानी  सिंहदरबारमा वितरण कार्य सुरु भएकाे  थियाे  ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) बानेश्वर वितरण केन्द्रका प्रमुख विजय विश्वकर्माले बिहीबार बिहान १० बजेदेखि नियमित रूपमा मेलम्चीको पानी वितरण व्यवस्था मिलाई दिएकाे जानकारी दिए ।

सिंहदरबारमा जाने मेलम्चीको पानी वितरणका लागि आयोजनाको अनामनगर पानी भण्डारण केन्द्रबाट २०० एमएमको थोक वितरण पाइप सिंहदरबारमा पठाइएको छ । सोही पाइपमा १५० एमएमको ६७० मिटर पाइप जडान गरी सिंहदरबारको पूर्वी गेटमा रहेको केयूकेएलको ट्याङ्कीमा पानी खसाली सकिएको छ । सोही ट्याङ्कीबाट सिंहदरबारमा २४ घण्टा नै पानी वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्