रहेनन् पदम बा



वृद्ध उमेरमा पनि तन्नेरी जोशका साथ अभिनय गर्दै आएका अभिनेता पदमप्रसाद पौडेल अब यस धर्तीमा रहेनन् । ९० वर्षको उमेरमा मंगलबार दिउँसो उनको निधन भएको छ ।

पौडलेको मंगलबार दिउँसो बुढानीलकण्ठस्थित आप्mनै निवासमा निधन भएको हो । लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र बाथको समस्यासँग जुध्दै आएका उनलाई करिब तीन महिनाअघि बुढानीलकण्ठस्थित आप्mनै निवासमा लडेर टाउकोमा सामान्य चोट लागेपछि हिँडडुल गर्न समस्या हुँदै आएको थियो ।

सो समयदेखि उनको बोलीमा समस्या भएको थियो भने हिँडडुलसमेत गर्न नसकी थला परेका थिए । थला परेपछि उनको परिवारले चिकित्सकको निगरानीमा घरमै आराम गराएर राख्दै आएको थियो ।

पौडेलको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । लामो सयमसम्म पत्रकारिता र शिक्षण पेशा अपनाई कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएका अभिनेता पौडेल संखुवासभाको चैनपुर नगरपालिकामा १९९० सालमा जन्मिएका हुन् । पदमप्रसादले भारतमा आर्एएसम्मको पढाइ पूरा गरी तेह्रथुमको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सेवा गरेका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा जागिरमा रहँदा विभिन्न जिल्लामा सरुवा हुने भएपछि उनले आप्mनै जिल्लामा शिक्षक भएर सेवा गर्छु भन्दै शिक्षण पेशा रोजेका थिए । संखुवासभामा रहेर अध्यापन गराउने क्रममा उनले संखुवासभाकै पहिलो पत्रकारको पहिचानसमेत बनाएका थिए ।

२०३७ सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा क्याम्पस उद्घाटनका लागि संखुवासभा पुगेका बेला समाचार संकलन गर्ने मान्छेको अभाव भएकाले थापाले इच्छुक व्यक्तिलाई रासस प्रतिनिधि बनाइदिने प्रस्ताव राखेपछि जिल्लाका सीडीओले पदम सरले मात्र यो काम गर्न सक्ने भन्दै राससको जिल्ला प्रतिनिधिका रुपमा उनलाई नियुक्त गरेका थिए ।

त्यसपछि उनले राससमा आबद्ध भई पूर्वाञ्चलका १६ जिल्लाबाट २२ वर्षसम्म पत्रकारिता गरेका थिए । राससबाट अवकाश भएपछि कलाकारिता शुरु गरेका उनी २०५९ सालमा सन्तोष पन्तको हिजोआजका कुरामा अभिनय गरेर यो क्षेत्रमा अघि बढेका थिए ।

विभिन्न फिल्म, टेलिफिल्म, म्युजिक भिडियो र विज्ञापनका विभिन्न भूमिकामा अभिनय गर्दै आएका पदमले फिल्मी क्षेत्रमा पदम बाको रूपमा पहिचान बनाएका छन् ।

मिलनसार र मायालु स्वभावका कारण उनलाई फिल्मकर्मीले पदम बा भनेर सम्मान गर्ने गरेका हुन् । हिँडडुल र बोलीमा समस्या भएको अशक्त समयमा पनि उनी अभिनयमा रमाउने चाहना व्यक्त गर्दथे । उनले अभिनय
गरेको अन्तिम फिल्म ऐना भ्mयालाको पुतली केही महिनाअघि मात्र प्रदर्शनमा आएको थियो । उनको परिवारमा श्रीमती, पाँच छोरा दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्