विप्लव नेतृत्वको नेकपाले बुधबार पत्रकार सम्मेलन गर्ने



काठमाडौं । नेपाल कम्युस्टि पार्टी (नेकपा)ले विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । भोलि (बुधबार) दिउँसो १ बजे राष्ट्रिय नाचघर जमलमा उक्त सम्मेलनको आयोजना गरिएको पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

सम्मेलनमा देशको विकसित राजनीतिक घटनाक्रमबारे जानकारी छलफल हुने विश्वकर्माले बताए । साथै नेकपा (एमाले) नेतृत्वको सरकारसँग गरिएको ३ बुँदे सहमति सहितको वार्ताको उपलब्धीबारे जानकारी गराइने छ ।

सोही पत्रकार सम्मेलनमा नेकपाले अख्तियार गर्ने थप रणनीतिका विषयमा समेत जानकारी दिने बताएको छ । पत्रकार सम्मेलनमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहित सचिवालय, पोलिटब्यूरो र केन्द्रीय सदस्य समेतको सहभागी हुने भएका छन् ।

एमाले नेतृत्वको सरकार र नेकपाबीच २०७७ फागुन २० मा वार्ता भएको थियो । वार्तामा सरकार र नेकपाबीच ३ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो ।

राजनीतिक समस्या वार्ता तथा संवादबाट समाधान, राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन, सरकारद्वारा लगाइएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका नेता तथा कार्यकर्ताको रिहाइ र मुद्दा खारेज गर्ने सहमत भएको थियो ।

विगतमा एमाले नेतृत्वको सरकारसँग गरिएको सम्झौँता हालसम्म कार्यान्वयन नभएको भन्दै यसभन्दा अघि विप्लवले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा सहमति विलम्ब नगरी कार्यान्वयन गर्न नेकपाले दबाब दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्