
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ । उसले प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)की उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने भएको हो ।
आज (आइतबार) बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा संसदीय समितिको बैठकमा राष्ट्रिय सभा उपाध्यक्ष पदको उम्मेदवार माओवादी केन्द्रकी उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको हो ।
प्रमुख सचेतक एवं संसदीय समितिका पदेन सदस्य रमेश लेखकले राष्ट्रिय सभा उपाध्यक्ष पदमा कांग्रेसले उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिए ।
राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनका लागि समय तोकिएको छ भने भोलि सोमबार निर्वाचन हुनेछ ।