शुरु भयो नम्बरी सुन



राजु गिरीको निर्देशनमा निर्माणाधीन फिल्म नम्बरी सुनको श्रीकाली चौरस्थित मन्दिरमा पूजा गर्दै छायाकंन थालिएको छ । शुक्रबार गीतबाट सुटिङ सुरु गरिएको निर्माण समूहले जानकारी गराएको छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा सरोज खाती, सविन खाती र मनोज रिजालको निर्माण तथा नारायण खातीको कथा तथा प्रस्तुतिमा निर्माणाधीन फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, स्मृति ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा, आशा भारती, अनिता गिरी, बालकलाकार काजल गिरी, कंगना गिरी, विमर्श कुँवेर, सक्षम गहतराज, श्रीयान्स खातीलगायतका कलाकारले अभिनय गर्नेछन् ।

शिवम अधिकारीको पटकथा तथा संवाद लेखन रहेको फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछाने नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन र दिव्य सुवेदीको छायांकन रहने छ । फिल्म लमजुङको भुजुङ गाउँ मनाङ र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिने निर्देशक गिरीले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्