भिडियोमा छैन केही डर



गौरव गिरीको निर्देशनमा छैन केली डर बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियोमा अभिनेता धीरेन शाक्य र अभिनेत्री अनिता केसीले कम्मर मर्काएका छन् । धीरेन र अनिताका साथमा भिडियोमा नुशा खातुन, भद्रजंग कुँवर, राम लक्ष्मण विष्ट र दुर्गाचन्द ठकुरी तथा बालकलाकारद्वय उमंग हुमागाईं र उत्कर्ष हुमागाईंले अभिनय गरेका छन् । भिडियोमा छायांकन उत्तम हुमागाईं र सम्पादन भद्रजंग कुवरको छ ।

पारिवारिक कथा समेटिएको गीतको भिडियोमा सामाजिक कामले एउटा बस्तीको प्रतिनिधित्व गर्दै शहर हिँडेको श्रीमान् हराएपछि उनको श्रीमती र छोरामा पर्ने प्रभाव र त्यसले घर नै छोड्न बाध्य पार्ने परिस्थितिको कथा बुनिएको छ । निर्देशक गिरीले नेपाली समाजको एक यथार्थतालाई भिडियोमा जोडिएको बताए ।

गीतमा स्वर विषम आचार्यको छ भने मुकुन्द पौडेलको शब्दमा संगीत जोसेफ शाही ठकुरीले भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्