आँट गरेनौ भने यो माघैमा



माघको वैवाहिक माहोललाई तताउन आँट गरेनौ भने यो माघैमा पोख्खेला घिउ अर्कैको भागैमा बोलको नयाँ रोमान्टिक डान्सिङ गीत हालै सार्वजनिक गरिएको छ ।

द डिभाइन म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीत गायक गायिका राजेश पायल राई र दुर्गा खरेलले गाएका छन् भने गीतमा दिनेशराज पुरीको शब्द रचना र अर्जुन पोखरेलको संगीत छ ।

गीतको भिडियो कोरियोग्राफर कविराज गहतराजको मेहनतले आकर्षक र दर्शनीय बनेको छ । गीतको भिडियोमा थुप्रै कोरस कलाकारका साथमा अभिनेत्री पूजा शर्मा तथा रोशन केसीको आकर्षक नृत्य छ ।

भक्तपुर दरबार स्क्वायर तथा वसन्तपुर दरबार स्क्वायरमा छायाकन गरिएको भिडियोमा सञ्जय लामाको छायाकन निर्देशनमा अनिश स्याङतेनको छायाकन तथा मनोज कार्कीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्