नेपाल बढी भ्रष्टाचार हुने मुलुक



काठमाडौं । विश्वका सर्वाधिक भ्रष्टाचार हुने मुलुकमा नेपालको स्थान ११०औं मा पुगेको छ । भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) अनुसार नेपालले भ्रष्टाचारमा छिमेकीद्वय चीन र भारत र दक्षिण एसियाली साथीहरू भुटान, माल्दिभ्स र श्रीलङ्कालाई समेत उछिनेको छ ।

दक्षिण एसियाली देशमा नेपाल पाँचौं बढी भ्रष्टाचार हुने देश बनेको छ । ४५ अङ्क प्राप्त गरेको उत्तरी छिमेकी चीन ६५औं स्थानमा छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार, नेपालले शुद्धीकरणको १०० पूर्णाङ्कमा ३४ अङ्कमात्र प्राप्त गरेको छ । ९० अङ्क प्राप्त गरेको डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने देश बनेको छ । गत वर्ष नेपाल ३३ अङ्कसहित ११७औं स्थानमा थियो ।

सन् २०२२ मा विश्व ब्यांक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भी–डीईएमसहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणका आधारमा सीपीआई सार्वजनिक गरिएको टीआई नेपालले जनाएको छ ।

दक्षिणएसियाली देशमा भुटान (६८ अङ्क) २५औं, माल्दिभ्स (४० अङ्क) ८५औं, भारत (४० अङ्क) ८५आंै, श्रीलङ्का (३६ अङ्क) १०१औं, नेपालले (३४ अङ्क) ११०औं, पाकिस्तान (२७ अङ्क) १४०औं, बंगलादेश (२५ अङ्क) १४७औं र अफगानिस्तान (२४ अङ्क) १५०औं स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्