किरण संगीत पुरस्कारबाट पुरस्कृत



हेटौंडा । वरिष्ठ कलासाधक भीम विरागको ८९ औं जन्मजयन्तीका अवसरमा आइतबार हेटौंडामा १४ औं बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार प्रदान गरिएको छ ।

समाजसेवी व्यवसायी कन्हैया श्रेष्ठले आफ्नी आमा बिजुलीमाया वनः श्रेष्ठको सम्मानमा १५ वर्षअघि स्थापना गरेको पुरस्कार यस वर्ष नेपाली सांगीतिक क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त कलासाधक डा. किरण प्रधानलाई समर्पण गरिएको हो । व्यवसायी श्रेष्ठले आमाको नाम र वरिष्ठ कलासाधक भीम विरागलाई जीवन्त राख्न पुरस्कार स्थापना गरेर प्रायोजन गर्दै आएका छन् ।

प्रधानलाई वरिष्ठ साहित्यकार एवम् प्राज्ञ तुलसी थापाले नगद एक लाख रुपियाँसहित पुरस्कार प्रदान गरे । पुरस्कार प्रदानसँगै विशेष सांगीतिक कार्यक्रमसमेत भएको थियो । कार्यक्रम भीमविराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपाल मकवानपुर अध्यक्ष ह्यग्रिव आचार्यको सभाध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्