भिजुअल इफेक्ट र एनिमेसन पढाउने एकेडेमी सञ्चालनमा



नेपालबाट हलिउड लगायतका विश्वका ठूला उद्योगका फिल्ममा काम गरिरहेको इनसेसेन्ट रेन स्टुडियोका संस्थापक किरणभक्त जोशीले डेभ डटकमका संस्थापक पारस चित्रकार र नेपाली प्राईभेट इक्विटी कम्पनी टिएनए एसोसिएट्ससँगको सहकार्यमा इनसेसेन्ट रेन एकेडेमी सञ्चालनमा ल्याएका छन् ।

गत साता सञ्चालनमा आएको एकेडेमीमा भिजुअल इफेक्ट थ्रीडी एनिमेसन, गेम डेभलपमेन्ट, फिल्म निर्माण, ग्राफिक्स डेभलपमेन्ट र एप डे भलपमेन्टका कक्षा सन्चालन हुनेछन् । एकेडेमीको शुभारम्भ कार्यक्रममा युनेस्को कार्यालय प्रमुख तथा नेपाल प्रतिनिधि माइकल क्रफ्टले एकेडेमीले नेपाली युवालाई दिने अवसर र यसले नेपाली फिल्म उद्योगमा पार्ने सकारात्मक प्रभावको बारेमा चर्चा गरे ।

त्यस्तै, हालै नेपालका लागि अमे रिकी राजदूत डीन आर थम्पसनले एकेडेमीको भ्रमण गरेका छन् । भ्रमणको अवसरमा थम्पसनले नेपालका कलाकारको लागि राम्रो जीवनयापन र अवसर सिर्जना गर्ने चर्चा गर्दै पढाई सुरु गरेका विद्यार्थीको सुखद भविष्यको कामना गरे । थम्पसनले काठमाडौंको छाउनीस्थित इनसेसेन्ट रेन फिल्म स्टुडियोको समे त भ्रमण गरे ।

फिल्ममा भिजुअल ईमेक्ट्स र एनिमेशन क्षेत्रमा समेत सक्षम कामदार तथा कलाकारको तीव्र जरूरत परेको चुनौतीलाई आत्मसात गर्दै सञ्चालक जोशीले दक्ष जनशक्तिको विश्वव्यापी अभाव मेटाउन एकेडेमी सञ्चालनमा ल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्