अमेरिकाकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा



काठमाडौँ।

अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल आइपुगेकी छन्। दुई दिने भ्रमणका लागि नुल्यान्ड आइतबार साँझ काठमाडौं आएकी हुन्।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार न्युल्यान्डले सोमबार बिहानदेखि राजनीतिक भेटवार्ता गर्नेछिन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्र मन्त्री विमला राई पौड्याल लगायतसँग उनले भेटवार्ता गर्नेछिन्।

 

 

प्रतिक्रिया दिनुहोस्