अस्पतालको प्रोटोकल मिचेका छैनौं : स्वास्थ्य राज्यमन्त्री कार्की



sf7df8f}F, # df3 . gjlgo’Qm :jf:Yo tyf hg;+Vof /fHodGqL 8f tf]lzdf sfsL{ dGqfnodf dªunaf/ kbef/ u|x0f ub}{ . tl:a/ M xl//fd e]6’jfn, /f;;

काठमाडौँ।

स्वास्थ राज्यमन्त्री डा. तोसिमा कार्कीले आत्मदाह गरेका प्रेम प्रसाद आचार्यलाई भेट्न जाँदा अस्पताल प्रसासनको कुनै प्रोटोकल नमिचेको बताएकी छन्।

स्वास्थ्य पत्रकार मञ्चले आज मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले हरेक प्रोटोकलमाथि मानवीयताको प्रोटोकल हुने बताइन्।

‘म भित्रको संवेदननाले अस्पताल नपुगि बस्न सकिन र अस्पतालमा भेट्न पुगेको थिएँ। त्यहाँ पुग्नु आवश्यक थियो’ उनले भनिन्, ‘हरेक प्रोटोकल भन्दा मथि मानवीयताको प्रोटोकल हुन्छ। त्यसैले उहाँलाई हौसला दिनका लागि म तत्काल त्यहाँ पुगेकी थिएँ। हामीले अस्पताल प्रशासनको प्रोटोकल मिचेका छैनौं’

उनले अस्पतालका चिकित्सकलाई पहिला फोन गरेर बुझेपछि आचार्य होसमा भएको थाहा पाएर भेट्न पुगेको बताइन्।

गत मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि आफ्नै जिउमा आगो लगाएका आचार्यको उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो। त्यहाँ आईसीयूमा राखेर उपचार भइरहँदा स्वास्थ्य राज्यमन्त्री कार्की भेट्न अस्पताल पुगेकी थिइन्।

त्यसको भिडिओसहित समाचार सार्वजनिक भएपछि स्वास्थ्य राज्यमन्त्रीले आईसीयू कक्षमा पस्दा प्रोटोकल पालना नगरेको र प्रचारका लागि त्यसो गरेको भनी आलोचना भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्