तारादेवीको सम्झनामा सांगीतिक प्रस्तुतिसँगै सम्मान



छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत २ देखि ६ गतेसम्म हुने भएको छ ।

चाबहिल सरस्वतीनगरस्थित चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा विभिन्न गायक गायिकाले तारादेवीद्वारा स्वरबद्ध कालजयी गीत गाएर सुनाए भने गीत संगीत क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान गरियो । सो अवसरमा गीतकार यादव खरेल, संगीतकार माणिकरत्न स्थापित र गायिका सुशीला कंसाकारलाई तारादेवी स्मृति सम्मानबाट सम्मानित गरिएको थियो । गीत संगीतकर्मीलाई जनही २५ हजार रुपियाँसहित सम्मान गरिएको हो ।

कार्यक्रममा प्रत्यक्ष वाद्यवादनका साथ ज्ञानु राणाले धर्मराज थापाको शब्द तथा संगीत रहेको तारादेवीको गीत कालीपारे दाइ सुनाएकी थिइन् भने गीता पाण्डेले हराएझैं केही लाग्छ, प्राश्ना शाक्यले उकाली ओरालीहरूमा, संगीता शाक्यले फूलको थुंगा, जीना रसाइलीले आमा भएर बाँची हेरजस्ता तारादेवीका कालजयी गीत प्रस्तुत गरेका थिए । सो अवसरमा अन्य गायक(गायिकाले पनि तारादेवीका कालजयी गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्