सुकुम्बासी बस्ती हटाउन गृहसँग सहयोग माग



काठमाडौं । राजधानीका विभिन्न ठाउँमा अवैध रूपमा बसेका सुकुम्बासीलाई हटाउने अडानमा रहेका काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले ती वस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग माग गर्नुभएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग भेट गर्दै सुकुम्बासी बस्ती हटाउने महानगरको योजनामा साथ दिन आग्रह गर्नुभएको थियो । गृह मन्त्रालयमा भएको भेटमा महानगरभित्रको समस्याको रूपमा रहेको सुकुम्बासी समस्यालाई समाधानमा सहयोग मेयर साहले मन्त्री लामिछानेलाई आग्रह गर्नुभएको थियो ।

छलफलका क्रममा गृहमन्त्री लामिछानेले आफू महानगरको सुकुम्बासी समस्या समाधानका लागि सकारात्मक रहेको बताउँदै समस्या साधानका लागि अपनाउनुपर्ने उपायका बारेमा छलफल गरेर मात्रै अगाडि बढ्न मेयर साहलाई सुझाव दिनुभएको थियो ।

केही समयअघि काठमाडौं महानगरले गृह मन्त्रालयलाई पत्राचार गर्दै सुकुम्बासी समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेको थियो । जवाफमा मन्त्रालयले प्रक्रिया पु¥याएर मात्रै सुकुम्बासी समस्या समाधान गर्ने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्