प्राडा भट्टका दुई कृति विमोचित : ‘डाक्टरको द्विविधा’ र ‘मूत्र र जनेन्द्रीय प्रणाली रोग, निदान तथा उपचार’



काठमाडौं ।

प्राडा अर्जुनदेव भट्टका स्वास्थ्य तथा मनोविज्ञान विधाका दुई कृति आइतबार विमोचित भए । ‘डाक्टरको द्विविधा’ र ‘मूत्र र जनेन्द्रीय प्रणाली रोग, निदान तथा उपचार’ नामका यी दुई कृतिले स्वास्थ्य जगत्मा योगदान दिने वक्ताहरुको धारणा थियो ।लेखक भट्टका अनुसार मानव शरीरमा ५० भन्दा बढी प्रकारका ग्रन्थि हुन्छन् । तिनीहरूमध्ये एक हो-पुरुष शरीरमा मात्र हुने प्रोष्टेट ग्रन्थि । पुरुषको आयु वृद्धि आजको सुखद् यथार्थ हो र यही सन्दर्भमा प्रोष्टेट ग्रन्थिको विशेषता हेर्नुपर्ने हुन्छ । ४० वर्षपछि प्रोष्टेट ग्रन्थि वृद्धि हुँदै जान्छ र मूत्रनलीमा अवरोध उत्पन्न गर्दछ
भन्ने धारणा लेखकको छ ।

लेखक भट्टका अनुसार मूत्रसञ्चालन दृष्टिमा खतरनाक प्रोष्टेट ग्रन्थि आममानिसमा मात्र होइन कि, धेरैजसो चिकित्सकहरूमा पनि प्रोष्टेट ग्रन्थिको वृद्धि धेरै तौल भएपछि मात्र खतरनाक अवस्थामा पुग्छ भन्ने भ्रम विद्यमान छ । प्रोष्टेट ग्रन्थि १० देखि २० ग्रामसम्मको हुनु नियमित प्रत्रिया मानिन्छ । त्योभन्दा बढी तौल हुँदै गए त्यसको वृद्धि भएको भन्ने गरिन्छ ।

कति तौल भएको प्रोष्टेट ग्रन्थिले मूत्रसञ्चालनमा कुन प्रकारको हानि, नोक्सानी निम्त्याउन सक्छ, त्यो व्यवहारमा कसैले भन्न सक्दैन । कति तौल भएपछि पिसाब रोक्न सक्छ रु कति तौल भयो भने मूत्रथैलीमा संक्रमण हुन्छ रु कुन तौलमा पत्थरी बन्न सक्छ रु कुन तौलसँग मूत्र रक्तस्राव हुन्छ रु इत्यादि प्रश्नको उत्तर कसैले भविष्यवाणी वा पूर्वानुमान गर्ने कुरो होइन । ग्रन्थिको तौल यति ग्राम भयो भने यस्तो गर्छ भन्न मिल्दै मिल्दैन ।

प्रोष्टेट ग्रन्थिको अरू भाग खासै वृद्धि नभए पनि मूत्रनलीको बाहिरी सतहमा भएका ग्रन्थि वृद्धि भई मध्य भागको उत्पति भए मूत्रनिष्काशनमा ठूलो अवरोध उत्पन्न गराउँछ । यो अवस्थामा समूचा ग्रन्थिको तौल २५ वा ३० ग्राम मात्र छ भनेर ढुक्क भएर औषधोपचार गरेर बस्नु उपयुक्त हुँदैन ।खास गरेर प्रोष्टेट ग्रन्थि पिसाबथैलीको घाँटीभित्र सेन्टीमिटरभन्दा बढी छिरेको अल्ट्रासोनोग्राफीबाट अभिलेख आए र मूत्रथैलीमा १०० मिलिमिटरभन्दा बढी ननिख्रेको पिसाब देखापरे, पिसाबको बेग निकै कमजोर भएको बिरामीलाई शल्यउपचारको प्राथमिकतामा राख्नुपर्दछ ।

प्राडा भट्टका अनुसार प्रोष्टेट ग्रन्थिका शल्यविधिहरूमध्ये कुनै पनि उपाय आफैँमा नराम्रा वा अपनाउन नमिल्ने छैनन् । यी सबै विधिमा आफ्नै विशेषता छन् र औधी राम्रा पक्ष पनि छन् ।विमोचन समारोहमाप्रा अर्का डा उत्तम शर्माले “डाक्टरको द्विविधा“ले चिकित्सा पेशाले भोग्नु परेको समस्या र बिरामीको चुनौतीलाई प्रस्तुत गरेको बताउनु भयो । डा दामोदर पुडासैनी, कलानिधि दाहाल र हरिभक्त सिग्देलले संयुक्त रुपमा दुई किताव विमोचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्