किमले महंगो मूल्यमा किनिन् राजकुमारी डायनाको गहना 



हलिउड अभिनेत्री एवम टेलिभिजन स्टार किम कार्डसियनले बेलायती राजकुमारी डायनाको एक नेकलेस महंगो रकममा खरिद गरेकी छन् ।

एजेन्सीको समाचारअनुसार सन् १९२० मा ब्रिटिस गहना गृह गेरार्डले निर्माण गरेको उक्त गहना यही वर्ष लन्डनमा एक लाख ६२ हजार आठ सय डलरमा लिलामीमा राखिएको थियो । उक्त गहना किमले सबैभन्दा बढी ९७ हजार चार सय ५३ डलर मूल्यमा किनेकी गहना किनेकी हुन् । हीराजडित क्रस चिन्ह भएको यो गहना दिवंगत राजकुमारी डायनाले सन् १९८७ मा च्यारिटी गालामा समेत लगाएकी थिइन् । उनको निधनपछि पहिलोपटक लिलामीमा राखिएको हो ।

सोथबी लन्डन ज्वेलरीकी प्रमुख क्रिस्टियन स्पोर्थका अनुसार यसप्रकारको गहना निकै कम मात्रामा बजारमा आएको हो भने यसभन्दा अघि ऐतिहासिक यस गहना राजकुमारी डायनाले मात्र प्रयोग गरेकी थिइन् । सोचभन्दा दोब्बर मूल्यमा उक्त गहना बिक्री भएको उनले बताएका छन् ।

ऐतिहासिक तथा पुरातात्विक सामग्रीको संकलनमा रुचि राख्ने किमले यो लकेट किनेसँगै अब उनको संग्रहमा बहुमूल्य गहनासमेत थपिएको छ । यसभन्दा अघि उनले अमेरिकी दिवंगत अभिनेत्री मर्लिन मुनरोको एक पहिरन लिलामीमा खरिद गरेर मेट गालामा सहभागी हुँदा लगाएकी थिइन् ।

मर्लिन ती अभिनेत्री हुन्, जो सन् ५० र ६० को दशकमा अमेरिकामा यौन तथा यौन क्रान्तिको प्रतीकका रुपमा चर्चित थिइन् । मर्लिनले सन् १९६२ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ क्यानेडीको बर्थडे पार्टीमा लगाएका कारण उक्त पहिरनको निकै चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्