बाल शास्त्रीय संगीत प्रतियोगितामा रुपक प्रथम



२९ औं राष्ट्रिय बाल शास्त्रीय संगीत प्रतियोगिता सम्पन्न भएको छ । किराँतेश्वर संगीताश्रम गौरीघाटले राजधानीको पशुपति परिसरमा आयोजना गरेको प्रतियोगितामा गायन, सुर र ताल वादन विधामा पुराना तथा नवोदित बालकलाकारले आ(आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।

प्रतियोगितामा सुरवादनतर्फ रूपक महर्जन प्रथम, नुर श्रेष्ठ द्वितीय, सौम्या सिं तृतीय र आहना महर्जन सान्त्वना भइन् । त्यस्तै, गायनतर्फ समुद्र भट्टराई, प्रथम, सिल्भिया प्रजापति द्वितीय, एन्जलबाबु कट्टेल तृतीय र वाटिका बिजुक्छेले सान्त्वना स्थान हासिल गरेका छन् । तालवादनतर्फ आर्जल महर्जन प्रथम र प्रहर्ष महर्जन सान्त्वना भएका छन् । यो विधामा प्रतियोगीहरू चारजना मात्र भएकोले प्रथम र सान्त्वना मात्र घोषणा गरिएको हो ।

प्रतियोगिताको निर्णायक मण्डलमा जीवन राई, दुर्गाप्रसाद खतिवडा, लावन्नी चक्रवती र श्री केसी रहेका थिए । २३ जनाको सहभागिता रहेको प्रतियोगिताका विजयीहरूलाई एक समारोहका बीच प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्