बालबालिकालाई उपाधि



धुलिखेलमा सम्पन्न किड्स प्लानेट इन्टरनेसनल २०२३ मा जुनियरतर्फ रिदम दाहाल र इप्सु दाहालले उपाधि जितेका छन् भने सिनियरतर्फ रिनभ राज केसी र योहाना मानन्धर विजेता घोषित भएका छन् ।

प्रतियोगिताको जुनियरतर्फ श्रेयान्स मानन्धर र सिमरन महत फस्ट आदर्श बन्जारा र निर्जला लामा सेकेन्ड रनर्सअप भए भने सिनियरतर्फ सक्षम श्रेष्ठ र महारानी साह ठकुरी फस्ट तथा रोनिश ब्यान्जु श्रेष्ठ र प्रिन्सा कुँवर सेकेन्ड रनर्सअप भए ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा सम्पन्न प्रतियोगीतमा अभिनेत्री सञ्चिता लुइँटेल, चन्द्रप्रसाद ताजपुरिया, शिक्षासेवी इन्दु थापा, अशोक पाण्डे र रजना श्रेष्ठ, वेभ म्यागजिनका निर्देशक सञ्जीव महर्जन निर्णायक रहेका थिए ।

प्रतियोगीको कोरियोग्राफी मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्