प्रधानमन्त्री प्रचण्ड छिट्टै भारत भ्रमणमा जाँदै



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिटै भारत भ्रमणमा जाने भएका छन् । हिजो (शनिबार) बालुवाटारमा विभिन्न मिडियाका सम्पादकसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतमा हुने जानकारी दिए ।

शनिबार प्रचण्डले विभिन्न अनलाइन मिडियाका सम्पादकहरू अन्तरक्रिया गरेका छन् । सो अवसरमा सरकारका प्राथकिमताहरु, विभिन्न राजनीतिक दलहरु बीचको सम्बन्धका बारेमा छलफल गरेका छन् । यसअघि पनि प्रचण्डले भारतमै पहिलो भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए

प्रतिक्रिया दिनुहोस्