लागुऔषध सेवन गरी सवारी साधन चलाउने एक अमेरिकन नागरिक सहित ७ जना पक्राउ



काठमाडौँ।

लागुऔषध सेवन गरी सवारी साधन चलाउने एक जना अमेरिकन नागरीक सहित ७ जना चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । शनिबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी वृत्त जगातीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाईरहेको अवस्थामा ७ जना चालकलाई भक्तपुरको जगातीबाट फेला पारेको हो ।

चेकजाँच गर्ने क्रममा ५ जना मोटरसाइकल चालक, १ जना जीप चालक र १ जना कार चालक गरी ७ चालक कारबाहीमा परेका हुन् ।

लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा फेला परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त जगातीमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

यस बाहेक यही पुष महिनाभरी लागुऔषध सेवन गरी सवारी साधन चलाउने ८ जना चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्