कोरोना सङ्क्रमणबाट जापानमा एकैदिन ५०३ जनाको मृत्यु



जापान।

निरन्तर उच्च कोरोना संक्रमण फैलिरहेको जापानमा शनिबार एकैदिन ५०३ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ। यो एकैदिन मृत्यु पुष्टि भएको हालसम्मकै उच्च संख्या हो ।

विगतमा जापानमा कोरोना संक्रमण अत्याधिक रहेतापनि मृत्युदर अत्यन्तै नगन्य रहँदै आएको थियो । तर यस पटकको महामारीमा भने मृत्युदर अत्यन्तै उच्च रहँदै आएको छ।

जापानमा अहिले सरकारले कोरोनालाई सामान्य संक्रमण जन्य रोगकोरुपमा लिई कुनैपनि रोकथामको उपायहरु कार्यन्वयन गरेको छैन। यतिखेर आफ्नो स्वास्थ्यको लागि आफैँ सचेत हुनु जरुरी रहेको छ।

प्रतिक्रिया दिनुहोस्