माइतीघर मण्डला पुगे गृहमन्त्री लामिछाने, धर्ना स्थगित गर्न आग्रह



काठमाडौँ।

उपप्रधान एबं गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै धर्नामा बसिरहेका रुबी खानलगायत अधिकारकर्मीहरूलाई धर्ना स्थगित गरेर घर फर्कन आग्रह गरेका छन्।
रुबी खानको नेतृत्वमा माइतीघर मण्डलामा धर्ना बसेका महिला अधिकारकर्मीहरूलाई शनिबार भेटेर गृहमन्त्री लामिछानेले धर्ना स्थगित गरेर घर फर्कन आग्रह गरेका हुन् ।

पीडितहरूले धर्ना बसेर प्रदर्शन गरिदिँदा अनुसन्धान प्रभावित हुनसक्ने भन्दै गृहमन्त्री लामिछानेले आफूले दोषीलाई कुनै हालतमा पनि कारबाही गर्ने बताए । तर यो मुद्दा जटिल बन्दै गएकाले अनुसन्धानमा केही समय लाग्नसक्ने उनको भनाइ छ ।

निर्मला कुर्मीले न्याय नपाएपछि माइतीघरमा महिला अधिकारकर्मीहरूले लालटिन बालेर प्रदर्शन गरेपछि गृहमन्त्री लामिछाले त्यहाँ पुगेर पीडितहरूलाई भेट गरेका हुन् ।

प्रदर्नकारीहरूको पक्षबाट रुवी खानले यो सरकारबाट न्याय पाउनेमा आफूहरू आशावादी रहेको प्रतिक्रिया दिएकी थिइन् । साथै धर्ना नछाड्ने बरु सरकारलाई अनुसन्धानमा सहयोग गर्न आफूहरू तयार रहेको खानको अडान थियो ।

प्रतिक्रिया दिनुहोस्