सभामुख चयनका लागि सर्वदलीय बैठक शुरु



धनगढी । सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनका लागि सर्वदलीय बैठक बसेको छ । आज (शनिबार) बिहान साढे ११ बजेदेखि सर्वदलीय बैठक बसेको हो ।

हिजो (शुक्रबार) सभामुख चयनका लागि प्रदेशसभाको बैठक स्थगित भएको थियो । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले माघ २ गतेसम्म बैठक स्थगित गर्नुपर्ने अडान राखेको छ ।

सत्तारूढ दलहरू भने तत्काल सभामुखको निर्वाचन गरिनुपर्ने बताएको छ । यस विषयमा के हुने भन्ने विषयमा सर्वदलीय बैठक बसेको छ । उक्त बैठकले निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्