अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा सहभागी हुँदै



काठमाडौं । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) सरकारमा सहभागी हुने भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा राप्रपा सहभागी हुने भएको हो ।

लिङ्देन उपप्रधानसहित कुनै एक मन्त्रालयको दाबीका साथ सरकारमा सहभागी हुने स्रोतले बतायो । यद्यपि राप्रपालाई कतिवटा र कुनकुन मन्त्रालय दिने भन्ने विषयमा निर्णय भने भएको छैन ।

मन्त्रिपरिषद् विस्तारका लागि बिहान ११ बजेबाट प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सत्ता साझेदार दलहरुको बैठक जारी छ ।

प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्